पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध « Khabarhub

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका–८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । 

अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । पहिरोसँगै ढुङ्गा र रुख सडकमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उनले बताए। 

धादिङबेँसी नजिक केही वर्ष अघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास भएको छैन । हाल जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : १५ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।