‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’ « Khabarhub

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ । 

‘राजस्व सङ्कलन तथा परिचालनः सम्भावना, चुनौती र अगाडि बढ्ने मार्ग’ विषयक कार्यक्रममा वक्ताहरूले संस्थागत क्षमता अभिवृद्धिमार्फत करको अनुपालन तथा कार्यान्वयन सुदृढीकरण गरिनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रमका प्रमुख स्रोतव्यक्ति एवं पूर्वअर्थसचिव रामशरण पुडासैनीले आफ्नो प्रस्तुतीकरण गर्दै नेपालको समग्र वित्तीय संरचना, कर नीति, तथा राजस्व परिचालनका विविध पक्षमाथि चर्चा गरे। उनले राष्ट्रिय विकासको प्राथमिकता तथा दिगो वृद्धिसँग सुसङ्गत हुनेगरी राजस्व परिचालन रणनीतिहरूको विकास गरिनुपर्नेमा जोड दिए । 

नीति निर्माता, अर्थशास्त्री, शिक्षाविद्, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूलगायतको उपस्थितमा भएको कार्यक्रममा अन्य वक्ताहरूले पनि कर नीति, त्यसको दायरा र कर अनुशासनबारे आफ्नो धारण राखेका कार्यक्रमका संयोजक एवं म्यानका महासचिव इन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

संघले हरेक शुक्रबार गर्ने आफ्नो नियमित कार्यक्रमअन्तर्गत ‘शुक्रबार व्यवस्थापन वार्ता कार्यक्रम’ सञ्चालन गरिरहेको र त्यसक्रममा यस पटकको शृङ्खला आयोजना गरिएको उनले बताए।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : ५९ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा