‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’ | Khabarhub Khabarhub

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ । 

‘राजस्व सङ्कलन तथा परिचालनः सम्भावना, चुनौती र अगाडि बढ्ने मार्ग’ विषयक कार्यक्रममा वक्ताहरूले संस्थागत क्षमता अभिवृद्धिमार्फत करको अनुपालन तथा कार्यान्वयन सुदृढीकरण गरिनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रमका प्रमुख स्रोतव्यक्ति एवं पूर्वअर्थसचिव रामशरण पुडासैनीले आफ्नो प्रस्तुतीकरण गर्दै नेपालको समग्र वित्तीय संरचना, कर नीति, तथा राजस्व परिचालनका विविध पक्षमाथि चर्चा गरे। उनले राष्ट्रिय विकासको प्राथमिकता तथा दिगो वृद्धिसँग सुसङ्गत हुनेगरी राजस्व परिचालन रणनीतिहरूको विकास गरिनुपर्नेमा जोड दिए । 

नीति निर्माता, अर्थशास्त्री, शिक्षाविद्, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूलगायतको उपस्थितमा भएको कार्यक्रममा अन्य वक्ताहरूले पनि कर नीति, त्यसको दायरा र कर अनुशासनबारे आफ्नो धारण राखेका कार्यक्रमका संयोजक एवं म्यानका महासचिव इन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

संघले हरेक शुक्रबार गर्ने आफ्नो नियमित कार्यक्रमअन्तर्गत ‘शुक्रबार व्यवस्थापन वार्ता कार्यक्रम’ सञ्चालन गरिरहेको र त्यसक्रममा यस पटकको शृङ्खला आयोजना गरिएको उनले बताए।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : ५९ बजे

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४