नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल | Khabarhub Khabarhub

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताएका छन् ।

नेपाल बौद्धिक परिषद्द्वारा आज यहाँ आयोजित ‘सांस्कृतिक कूटनीतिः नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रियामा उनले नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।

महासचिव पोखरेलले भने, “विकासको जग र मूलध्येय भनेको जनताको जीवनस्तर उठाउने नै हो, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्ने कुरा गरेर मात्रै हुँदैन । सम्पदालाई जीवनस्तर उठाउनका लागि जोड्न आवश्यक छ ।”

उनले कुनै पनि ठाउँको विकास सोही क्षेत्र बुझेका मानिस र तिनकै सक्रियताबाट मात्र सम्भव हुने भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह गरे । महासचिव पोखरेलले पर्यटकलाई घुम्ने र रमाउने वातावरण बनाउन, पर्यटकको बसाइँ लम्ब्याउन सके मात्र पर्यटन र अर्थतन्त्रको विकास हुने भएकाले सोहीअनुसार नीति आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उहाँको धारणा छ । महासचिव पोखरेलले धर्म र संस्कृतिका ज्ञातालाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने बताए ।

“सांस्कृतिक कूटनीतिको कुरा गर्दा हामीले बुद्ध दर्शनलाई उपयोग गर्ने विषयबारे पनि सोच्नुपर्छ । यसलाई संसारले शान्तिको प्रतीकका रूपमा लिने गरेकाले हामीले लाभ लिनसक्नुपर्छ”, उनले भने “प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्नसक्छ । अब यसमा पनि ध्यान पुर्‍याउनुपर्छ ।”

नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले सांस्कृतिक माध्यमबाट नेपालले विश्वमा कूटनीतिक क्षेत्रमा आफ्नो पहलकदमी लिनुपर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : ५५ बजे

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति