चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु « Khabarhub

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ ।

कञ्चनरुप–७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैनभने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : २० बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार