हङकङमाथि श्रीलंकाको चार विकेटको जित « Khabarhub

हङकङमाथि श्रीलंकाको चार विकेटको जित


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ । यूएईमा भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोज्दै श्रीलंकाले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको हङकङले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य श्रीलंकाले सात बल बाँकी हुँदा १८.५ ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाउँदै पूरा गरेको हो ।

सुरुमा ब्याटिङ गरेको हङकङका लागि अन्श्या रथले नटआउट अर्धशतक बनाए । ३८ बलको सामना गरेका उनले ५२ रन बनाउँदा निजाकत खानले ४८ रन हाने । हङकङ विरुद्ध कसिलो बलिङ गरेका श्रीलंकाका दुष्मन्थ चमेराले दुई विकेट हात पारे ।

१५० रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि पथुम निसानकाकाले सानदार अर्धशतक बनाए । निसानकाले ४४ बलमा दुई छक्का र ६ चौकाको मद्दतमा ६८ रन बनाएका हुन्। श्रीलंकासँगको खेल प्रतिस्पर्धात्मक बनाउन हङकङका असिम मुर्तजाले दुई विकेट हात पारे ।

यो जितसँगै समूह ‘बी’को श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ । दुईमा दुई जित निकाल्दै श्रीलंकाले चार अंक जोडेको हो । यो समूहमा अफगानिस्तान र बंगलादेश समान दुईदुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने हङकङ तीन खेल खेलिसक्दा अंकबिहीन छ । आजको हारसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने पाकिस्तान दुई अंकसहित दोस्रो स्थानमा छ । यूएईले दुई अंक जोडेको छ भने दुई खेल खेलेको ओमान अंकबिहीन छ । गएराति भएको खेलमा ओमानलाई ४२ रनले हराउँदै यूएईले दुई अंक जोडेको हो ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : ५३ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय