वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही « Khabarhub

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । 

उनले पार्टीमा आवद्ध नेता-कार्यकर्ताहरूलाई एक अपिल जारी गर्दै जनताको भावना र युवाको आक्रोशलाई आत्मसाथ गर्दै मुलुकको विषम परिस्थितिमा विगतका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

उनले राजनीतिमा आउने हरेक आरोहअवरोह, चुनौती र बाधालाई पन्छाएर लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र नागरिकको नैसर्गिक अधिकार रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । 

नेता शाहीले यो सङ्कट र अप्ठ्यारो घडीबाट देश र पार्टीलाई जोगाउन एक ढिक्का हुनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

उनले अहिले एकआपसमा लड्ने, फुट्ने र हिलो छ्यापाछ्याप गर्ने बेला नभएको स्मरण गराउँदै आपसी मतभेदलाई बिर्सिएर धैर्यता र संयमपूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाली कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको स्पष्ट पारेका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ०२ बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन