गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती « Khabarhub

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।

भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । 

तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् । 

गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । 

गैँडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रुपमा लिएको छ । 

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : २० बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६