जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ « Khabarhub

जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत भदौ २३ र २४ गते भएको जेन-जीन आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका छन् ।

जेन-जी आन्दोलनको क्रममा पेरिसडाँडास्थित उक्त कार्यालय भवन आगजनी गरेर ध्वस्त पारिएको थियो । उक्त आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका उनले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने बताए ।

केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’

पार्टी कार्यालय कहाँ बनाउने भन्ने कुरा उनले खुलाएका छैनन् । अवलोकनपछि दाहालले पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगिएको बताए । ती सामग्री जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए ।

जेन-जीका नाममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवास पनि जलाएर ध्वस्त बनाइएको छ । यद्यपि उक्त निवास निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो । उता चितवनमा नवनिर्मित निवास पनि जेन-जीका नाममा जलाएर खरानी बनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १२ : ३४ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा