जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ « Khabarhub

जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत भदौ २३ र २४ गते भएको जेन-जीन आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका छन् ।

जेन-जी आन्दोलनको क्रममा पेरिसडाँडास्थित उक्त कार्यालय भवन आगजनी गरेर ध्वस्त पारिएको थियो । उक्त आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका उनले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने बताए ।

केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’

पार्टी कार्यालय कहाँ बनाउने भन्ने कुरा उनले खुलाएका छैनन् । अवलोकनपछि दाहालले पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगिएको बताए । ती सामग्री जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए ।

जेन-जीका नाममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवास पनि जलाएर ध्वस्त बनाइएको छ । यद्यपि उक्त निवास निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो । उता चितवनमा नवनिर्मित निवास पनि जेन-जीका नाममा जलाएर खरानी बनाइएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : ३४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको