‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’ « Khabarhub

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’



काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको पहलमा भाय प्रमोद भट्टराईसहित सोमबार दिउँसो पुग्यौँ । त्यहाँ पुग्दा आश्रमको दृष्य अत्यन्त हृदयविदारक देखियो ।

अतिवादीहरूको जत्थाले भदौ २४ गते अपराह्न १ बजेतिर आश्रममा समेत पुगेर बितन्डा मच्चाएछन् । सन्तनेताले आफ्नो सम्पत्तिका नाममा देशका भावी पिढीका लागि छाडेर जानुभएपछि जतनसाथ राखिएका, दुई–दुई पटक प्रधानमन्त्री भएर सरकारी निवासमा जाँदा र फिर्ता आउँदा सँगै ल्याउनुभएका उहाँका बाकस (ट्यांका), छाता र सुराहीका साथ साथै सबै नोटबुक र डायरी, अप्राप्य पुस्तक र अभिलेख ध्वस्त बनाएछन् ।

संकलित फोटोका साथै उहाँले प्रत्येक दिन बिहान वाचन गर्ने श्रीमद्भागवत गीताको पुस्तक र अन्य धार्मिक पुस्तक, जतनसाथ राखिएका उहाँका व्यक्तिगत उपयोगका सम्पूर्ण वस्तु आगो लगाएर ध्वस्त बनाएछन् ।

साधु-सन्त विशिष्ठ पाहुनाहरुका लागि बनाइएका अतिथि कोठाहरू, ध्यान तथा प्रार्थना कक्षसमेत आगो लगाएर पूर्णतः ध्वस्त गराएछन् । आँगनमा स्थापना गरिएको किसुनजीको पूर्णकदको सालिकलाई धूलो बनाएछन् ।

पञ्चायतको प्रतिबन्धित कालदेखि नै किसुनजीले पार्टीको कामका लागि चढ्नु हुने ऐतिहासिक जीपलाई आगो लगाएर ध्वस्त बनाएछन् ।

सरकारले आश्रमका लागि दिएको गाडी पनि आगो लगाएछन् । सम्पूर्ण आश्रमलाई एउटा खण्डहरको रुपमा परिणत गरेछन् । किसुनजीका लागि सरकारले नै निर्माण गरिदिएर उसकै स्वामित्वमा रहेको आश्रमको दृष्यले जोकोहीलाई पनि द्रविभूत बनाउँछ ।

‘इतिहासका लागि सत्य सुरक्षित राख्नुपर्छ, पस्कनु पर्दछ’, प्रसिद्ध पत्रकार सञ्जय बारूले आफ्नो बहुचर्चित पुस्तक ‘दि एक्सिडेन्टल प्राइममिनिस्टर’मा उल्लेख गरेका छन् । यसैगरी ‘कुनै राष्ट्रलाई बिगार्नु छ भने सबैभन्दा पहिले यसको ऐतिहासिक भाष्यलाई बिगार्नु पर्दछ’ भन्ने चिनियाँ भनाइ छ ।

धन्य, किसुनजीसम्बन्धी अध्ययनका लागि विवरण संकलन गर्ने सिलसिलामा मैले झन्डै एक वर्षपहिले आश्रममा किसुनजीका केही नोटबुक, डायरी र अभिलेख पढ्ने मौका पाएको थिएँ, केही तस्बिरहरू खिचेको थिएँ ।

देशमा लोकतन्त्रको स्थापनाका लागि झन्डै १५ वर्ष जेलजीवन बिताएका, भ्रष्टाचारमुक्त सुशासनका लागि राजनीतिमा इमान्दारी, नैतिकता र अत्यन्त सरल जीवन शैलीको प्रतिमूर्तिका रुपमा स्थापित, राजनीतिलाई आध्यात्मिक तहसम्म पुर्‍याई राजनीति र अध्यात्मबीचको सन्तुलनको बेजोड ‘मोडेल’का लागि आदर्शका रुपमा स्थापित किसुनजीप्रति किन यत्रो आक्रोश पोखियो ? रहस्यको विषय भएको छ ।

लेखक भट्टराईले किसुनजीको आश्रम पुगेपछि वर्णन गरेको दृश्य

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : १३ बजे

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि