फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ? « Khabarhub

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’मा सामावेश ‘यो ज्यान बलिदान’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार यस गीतको लिरिकल शैलीको भिडियो सार्वजनिक गरेको हो ।

यस गीतमा हर्क साउदको शब्द र सुजन चापागाईंको स्वर-संगीत रहेको छ ।

गीतको भिडियोको फुटेज हेर्दा फिल्ममा नायक समीर भट्टको आमाको भूमिकामा नायिका ऋचा शर्मा रहेको अनुमान गर्न सकिन्छ । तर, निर्माण पक्षले कलाकारहरुको भूमिकाबारे कुनै पनि खुलासा गरेको छैन ।

देश प्रेमको भाव महसुस गराउने शब्दहरु गीतमा समेटिएको छ । ‘देशका लागि आवश्यक परे आफ्नो प्राण समेत त्याग्न तयार’ भन्ने भावका राष्ट्रभक्ति शब्द समेटेर गीत तयार गरिएको छ ।

फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार फिल्म ‘बलिदान’ नागरिकहरु अन्यायमा परिरहँदा मातृभूमिको लागि बोल्ने युवाको कथा पर्दामा देखाउने प्रयास हो ।

उनी भन्छन्, ‘देशको घाउ यो फिल्ममा हेर्न सक्नुहुन्छ ।’

यो गीतमा समावेश दृश्यहरुले फिल्म तराईं पृष्ठभूमिको कथामा बनेको संकेत गर्छ । फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय र कामेश्वर चौरासियालगायतको अभिनय रहने बताइएको छ ।

‘आसुसेन फिल्मस् प्रालि’को ब्यानरमा बनेको ‘बलिदान’को लेखक दर्शनजी हुन् । पवन ब्राडफोर्डको पनि एक निर्माता हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : २२ बजे

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन