गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस् « Khabarhub

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् । 

मंगलबार युवाहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् । 

गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । 

गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिँदै सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता जनाए । शान्ति सुरक्षा, सुशासन लगायतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे । 

उनले अव छिटै सबै कुरा लयमा फर्कने विश्वास व्यक्त गरे । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रूपमा निर्वाचन गर्ने उनले बताए ।

जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधन पनि जलेका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ३७ बजे

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन

विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, ५३ हजारभन्दा बढीले लिए सेवा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा

धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा, को–को परे ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा