अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे « Khabarhub

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने जनाएको छ ।

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने बताएका हुन् ।

प्रचण्डका साथै पार्टीका पदाधिकारी लगायतका नेताहरूले तोडफोड र आगजनी भएको केन्द्रीय कार्यालयको निरीक्षण गरेका थिए ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले केन्द्रीय कार्यालयलाई अत्याधुनिक कार्यालयका रूपमा पुन निर्माण गरिने उल्लेख गरे । जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरेको बताए । जतिसुकै व्यवस्था विरोधी षडयन्त्र गरे पनि त्यसलाई परास्त गर्ने उनको भनाइ छ । 

सापकोटाले जेन-जीको आन्दोलनमा घुसेका परिवर्तन विरोधी तत्त्वहरूलाई जनताका अगाडी सार्वजनिक गर्ने धारणा राखे । उनले फेरि एक पटक देशमा अमन चयन कायम गरेर समाजवादी क्रान्ति आधार तयार पार्ने दिशातर्फ अघि बढ्ने जिकिर गरे । 

त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनले केपी ओली नेतृत्वको सरकार निरंकुश र गैर जिम्मेवार भएकाले अहिलेको अवस्था आएको आरोप लगाए । 

आन्दोलनका क्रममा भएको धनजनको क्षति प्रति दुख व्यक्त गर्दै जेन-जीले उठाएका जायज कुराहरूलाई राज्य र दलहरूले गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।

उनले तोकिएको समयमा निर्वाचन गर्न निकै गाह्रो भए पनि निर्वाचनमार्फत लोकतन्त्रलाई ट्रयाकमा राख्न सबै जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

तोडफोड र आगजनीबाट पार्टी कार्यालयमा पूर्ण रूपमा क्षति भए पनि माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू जोगिएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ५९ बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम