हल सञ्चालनमा आएसँगै सोमबारदेखि कोशेढुङ्गाको प्रदर्शनले पायो निरन्तरता « Khabarhub

हल सञ्चालनमा आएसँगै सोमबारदेखि कोशेढुङ्गाको प्रदर्शनले पायो निरन्तरता


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ ।

प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित भएको थियो । 

सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा आएसँगै कोशेढुङ्गाको प्रदर्शनले निरन्तरता पाएको हो ।

निर्देशक पौडेलले सुरुमा जस्तै दर्शकबाट ‘कोशेढुङ्गा’ ले अब पनि सकारात्मक प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको बताए । ‘हाम्रो चलचित्रलाई हेर्ने दर्शकले राम्रो भन्नुभएको छ,’ उनले भने, ‘अब पनि दर्शकको उत्तिकै साथ र सहयोग पाउनेमा हामी आशावादी छौँ ।’

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘कोशेढुङ्गा’ ले देशभरबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला निर्माता, निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए । देशका विभिन्न सहरका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिइरहेको अवस्थामा आफूहरू ठुलो संख्यामा दर्शकले चलचित्र हेर्नेमा आशावादी रहेको निर्माता किशोर अनुरागले बताए ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका लेखक पनि सरोज पौडेल नै हुन् । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमको अभिनय छ । सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतले पनि चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । चलचित्रको गीतमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ५९ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित