सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन् « Khabarhub

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन् । उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । परियार सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् ।  

उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् ।

राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी थिइन् । अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा गएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली सोमबार राति नै खटिएको उनले बताए। 
 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ४१ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका