झापामा एक सय ५२ भौतिक संरचनामा क्षति « Khabarhub

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयको अनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो ।

त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास ३७ वटा, दुईवटा व्यावसायिक भवन, अस्थायी प्रहरी पोष्ट र अस्थाई प्रहरी चौकी दुई/दुई वटा , प्रहरी चौकी ६ वटा, इलाका प्रहरी कार्यालय नौ वटा, इलाका र जिल्ला ट्राफिक प्रहरी कार्यालय एक/एकवटा, वडा प्रहरी कार्यालय एउटा र विद्यालय भवन एउटामा क्षति पुगेको हो ।

दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय भवन आठ गरी जम्मा १५२ वटा भवनमा आगजनी र तोडफोड भएको  प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

तोडफोड र आगजनी भएका कार्यालयसहित निजी आवास भवनको समेत पाँच दिनभित्रमा मुचुल्का तयार गरिसक्ने निर्णयअनुसार काम भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : ४१ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर