बिर्तामोड नगरपालिकामा सरसफाइ « Khabarhub

बिर्तामोड नगरपालिकामा सरसफाइ


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीले संयुक्तरूपमा सरसफाइ थालेका हुन् ।

नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको थियो ।

आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरणलगायत सामान नष्ट भएका छन् । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्रकुमार सङ्ग्रौलाले प्रारम्भिक अनुमान अनुसार करिब रु पाँच करोडको क्षति भएको जानकारी दिए । भवनसँगै कागजात जलेर नष्ट भएपछि सेवाप्रवाहमा कठिनाइ भएको बताए ।

सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए । नगरपालिकाले क्षतिको विवरण संकलन गर्न थालेको छ । तत्काल सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : ११ बजे

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा