बिर्तामोड नगरपालिकामा सरसफाइ « Khabarhub

बिर्तामोड नगरपालिकामा सरसफाइ


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीले संयुक्तरूपमा सरसफाइ थालेका हुन् ।

नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको थियो ।

आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरणलगायत सामान नष्ट भएका छन् । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्रकुमार सङ्ग्रौलाले प्रारम्भिक अनुमान अनुसार करिब रु पाँच करोडको क्षति भएको जानकारी दिए । भवनसँगै कागजात जलेर नष्ट भएपछि सेवाप्रवाहमा कठिनाइ भएको बताए ।

सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए । नगरपालिकाले क्षतिको विवरण संकलन गर्न थालेको छ । तत्काल सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेको छ । 

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ५ : ११ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म