निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य « Khabarhub

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ । निषेधाज्ञा हटाएसँगै जिल्लामा यातायात, बजार-व्यवसाय, स्कुल पूर्ववत् अवस्थामा सञ्चालनमा आएपछि जनजीवन सामान्य बनेको छ । 

जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सरकारी कतिपय कार्यालयबाट सेवाग्राहीलाई पूर्ववत् अवस्थामा सेवा प्रवाह हुन थालेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रालय र मातहतका कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् ।  

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदर्शनका क्रममा क्षति भएका मन्त्रालयको आज स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् । सो अवसरमा उनले जतिसक्दो छिटो मन्त्रालयबाट सेवा सुरु गर्न कर्मचारीलाई निर्देशन दिए ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले आगजनी र तोडफोडबाट अधिकांश मन्त्रालयको भौतिक अवस्था शून्यमा पुगेको र महत्त्वपूर्ण कागजात नष्ट भएको बताए। 

प्रदर्शनका क्रममा जिल्लामा सरकारी र निजी गरी १३७ कार्यालय भवन तथा निजी घरमा आगजनी तथा तोडफोड भएका छन् । कार्यालय परिसरमा राखिएका ६६४ सवारिसाधन जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : २० बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त