मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गरेका छन् ।

उनले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे स्थलगत अवलोकन गरेका हुन् । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलगायत  विभिन्न २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै क्षतिबारे जानकारी लिएका हुन् । 

मुख्यमन्त्री शाहले जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयलाई सकेसम्म चाँडै सेवा सञ्चालन गर्न निर्देशन दिए । उनले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रका काम हुने भएकाले चाँडै काम सुरु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीलाई निर्देशन दिए। 

अन्य मन्त्रालयभन्दा सामाजिक विकास मन्त्रालयमा कम क्षति भएका कारण पनि आवश्यक सामानको व्यवस्थापन गरे मन्त्रालयको कामकाज सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।  

यसैबीच तोडफोड र आगजनीबाट क्षतिग्रस्त यहाँको मालपोत कार्यालयलाई विभिन्न सहकारी संस्थाले आज संयुक्त रूपमा रु तीन लाख १५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : ०१ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र