मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गरेका छन् ।

उनले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे स्थलगत अवलोकन गरेका हुन् । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलगायत  विभिन्न २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै क्षतिबारे जानकारी लिएका हुन् । 

मुख्यमन्त्री शाहले जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयलाई सकेसम्म चाँडै सेवा सञ्चालन गर्न निर्देशन दिए । उनले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रका काम हुने भएकाले चाँडै काम सुरु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीलाई निर्देशन दिए। 

अन्य मन्त्रालयभन्दा सामाजिक विकास मन्त्रालयमा कम क्षति भएका कारण पनि आवश्यक सामानको व्यवस्थापन गरे मन्त्रालयको कामकाज सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।  

यसैबीच तोडफोड र आगजनीबाट क्षतिग्रस्त यहाँको मालपोत कार्यालयलाई विभिन्न सहकारी संस्थाले आज संयुक्त रूपमा रु तीन लाख १५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : ०१ बजे

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी