जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन्। 

नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालको इतिहासमा अकल्पनीय र दुखद घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए। 

जेनजीको आवरणमा भएको षड्यन्त्रमुलक क्रियाकलापहरू गम्भीर भएको उल्लेख गर्दै कार्कीले यसका विविध पाटोहरू बिस्तारै पटाक्षेप हुने बताए। 

एकले अर्कोको विरुद्ध प्रयोग गर्दा देशको सार्वभौम सत्ता नै संकटमा पर्ने गरी परिस्थिति सिर्जना भएको उल्लेख गर्दै कार्कीले अहिलेको अवस्थामा जजसले यो घटना घटाएका छन् उनीहरूले देशको सार्वभौमसत्तामाथि नै खतरा पैदा गरेको धारणा राखे । नेतृत्वको विषयमा उठिरहेको प्रश्नको विषयमा उनले यसका विषयमा पनि छलफल हुने र नेकपा एमालेको वैधानिक प्रक्रियाबाट नै यसको छिनोफानो हुने स्पष्ट पारे। 

संकटको बेला नेतृत्वमाथि विभिन्न कोणमा प्रहार भइरहेको उनले गर्दै यतिखेर नेतृत्वको रक्षा गर्दै अगाडि बढ्नुपर्ने र विधि र प्रक्रियामा नेतृत्व परिवर्तन हुने उनले उल्लेख गरे। नेपाली कांग्रेस र एमालेप्रति अहिले बढी प्रहार भएको र त्यही अनुसार छानीछानी आक्रमण भएको उनले गर्दै एमाले नेता समेत रहेका मुख्यमन्त्री कार्कीले दुवै पार्टी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

अहिलेको सरकार संविधान विपरीत गठन भएको एमालेको ठहर रहेपनि चुनावबाट एमाले पछि नहट्ने उनले स्पष्ट पारे । भदौ २३ गतेको घटनापछि पहिलोपटक कोशी प्रदेशमा नेकपा एमालेले भौतिक रुपमा कार्यकर्ता उपस्थित गरेर अगुवा कार्यकर्ता भेला गरेको हो। 

सो बेलामा करिब ५०० जना कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै एमालेका नेता विनोद ढकालले देशी विदेशी शक्तिहरूका कारण अहिलेको घटना भएको बताए । 

उनले यो घटनालाई गम्भीर रूपमा लिएर पार्टी अगाडि बढ्नुपर्ने चर्चा गर्दै अहिले नेतृत्वलाई आलोचना होइन नेतृत्व र कार्यकर्ताको संरक्षण गर्दै सार्वभौम सत्ता जोगाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए।

नेतृत्व परिवर्तन को विषयमा यावत प्रश्नहरू भएपनि यो वैधानिक प्रक्रियाबाट हल हुने र जेन जेड हरूको माग अनुसार नै पार्टीलाई रूपान्तरण गरेर लैजाने ढकालले बताए। 

कार्यक्रममा एमालेका नेताहरू जीवन घिमिरे, युवराज बाँस्कोटा, घनश्याम खतिवडा लगायतले बोलेका थिए । आजको अगुवा कार्यकर्ता भेलामा करिब २० जना कार्यकर्ताले खुल्ला छलफलका माध्यमबाट पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : २१ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र