वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति « Khabarhub

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र सवारिसाधन जलेर नष्ट हुँदा रु एक अर्ब १५ करोड मूल्य बराबरको क्षति भएको छ ।

महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै संकलन भइरहेको छ । सबै क्षतिको विवरण संकलन गर्दासम्म एक अर्ब ५० करोड बराबरको पुग्ने अनुमान छ। 

महानगरका अनुसार महानगर कार्यालयपरिसरभित्र तीन वटा भवन पूर्ण क्षति भएका छन्भने अन्य तीन भवनमा क्षति भएको छ । त्यस्तै १७ वटा चार पाङ्ग्रे र नौ वटा दुई पाङ्गे र दुई वटा रिक्सासमेत क्षति भएको छ ।

वीरगञ्ज महानगरको नगर परिषद्को आज बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको गरेको छ । बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । 

त्यसैगरी नगर परिषद् बैठकले आर्थिक वर्ष २०८२-८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ । सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी भएको छ । 

आगलागीबाट कार्यालय कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए । प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको जनाएको छ ।

बैठकले हालैको आन्दोलन वास्तविक जेन-जीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार जेन-जी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ ।
 
घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगर परिषद्ले गरेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए। 

नगर परिषद्को बैठकले हालको असामान्य परिस्थितिमा वीरगञ्जलाई फेरि सञ्चालन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : २७ बजे

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला– जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि