संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार « Khabarhub

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि हालसम्म तेलबाट कमाएको २५.२ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर हिनामिना गरेको खुलासा गरेको छ ।

मानवअधिकार आयोगको रिपोर्टअनुसार, यो रकम स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुको सट्टा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग भएको छ । रिपोर्टमा भनिएको छ,“देशको लुटकै कारण जनताले भोक, रोग र मृत्युलाई भोग्नुपरेको छ ।”

सबैभन्दा ठूलो भ्रष्टाचार ‘ओआयल फोर रोडस’ कार्यक्रममा देखिएको छ, जहाँ सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १।७ अर्ब डलरको हिसाब छैन ।

यो रकम उपराष्ट्रपति एवं सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीहरूमार्फत खर्च भएको रिपोर्टमा दाबी गरिएको छ । उनी हालै राष्ट्रिय सुरक्षा सेवाको जनरल पदमा बढुवा भएका छन् ।

संयुक्त राष्ट्रसङ्घ आयोगका अनुसार,“यी अनियमितता सिधै जनताको जीवनमा असर पार्ने गरी भएका छन् ।सरकारले रिपोर्टमा प्रयोग गरिएको सूचना पक्षपाती रहेको भन्दै अस्वीकार गरेको छ ।

यो रिपोर्ट राष्ट्रपति सल्वा कीर र विपक्षी नेता रिएक मचारबीचको सत्ता साझेदारी विफल हुने सङ्केतसँगै आएको हो । मचारमाथि देशद्रोह र मानवताविरुद्धका अपराधको आरोप लगाइएको छ, जसलाई उहाँका समर्थकहरूले राजनीतिक प्रतिशोध भन्दै सशस्त्र आन्दोलनको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ९ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको