रास्वपाले पार्टीको झण्डा आधा झुकाउने « Khabarhub

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ।

बैठकले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनमा मृतकहरूको स्मरणार्थ असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। यस दिन पार्टी कार्यालयमा बिदा दिइने र राष्ट्रिय तथा पार्टीको झण्डा आधा झुकाइने उल्लेख गरिएको छ।

त्यस्तै, असोज ३ गते संविधान दिवसका दिन जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त सहिदहरूलाई सम्मान गर्न सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।

बैठकले आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको सफाई तथा पुनःनिर्माणमा सहयोग गर्ने र त्यसका लागि पार्टीका सदस्यहरूलाई पहिचान बिना स्वयंसेवकको रूपमा खटिने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।

त्यसैगरी, घाइतेहरूको उपचारमा विशेष ध्यान दिने उद्देश्यले पार्टीको स्वास्थ्य विभागलाई सक्रिय बनाइने, स्वास्थ्य अभियान सञ्चालन गरिने तथा सहिद परिवारसँग भेटघाट गरी आवश्यक सहयोग पुर्‍याइने पनि बैठकको निष्कर्ष छ।

रास्वपाले असोज २ गतेदेखि पार्टीका सबै गतिविधि नियमितरूपमा सुचारु गर्ने र विभागीय स्तरमा आफ्ना नीति, कार्यक्रम र संकल्पहरू तयार गर्न निर्देशन दिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले आजको बैठकपछि जारी विज्ञप्तिमार्फत उक्त निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ४२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र