रास्वपाले पार्टीको झण्डा आधा झुकाउने « Khabarhub

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ।

बैठकले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनमा मृतकहरूको स्मरणार्थ असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। यस दिन पार्टी कार्यालयमा बिदा दिइने र राष्ट्रिय तथा पार्टीको झण्डा आधा झुकाइने उल्लेख गरिएको छ।

त्यस्तै, असोज ३ गते संविधान दिवसका दिन जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त सहिदहरूलाई सम्मान गर्न सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।

बैठकले आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको सफाई तथा पुनःनिर्माणमा सहयोग गर्ने र त्यसका लागि पार्टीका सदस्यहरूलाई पहिचान बिना स्वयंसेवकको रूपमा खटिने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।

त्यसैगरी, घाइतेहरूको उपचारमा विशेष ध्यान दिने उद्देश्यले पार्टीको स्वास्थ्य विभागलाई सक्रिय बनाइने, स्वास्थ्य अभियान सञ्चालन गरिने तथा सहिद परिवारसँग भेटघाट गरी आवश्यक सहयोग पुर्‍याइने पनि बैठकको निष्कर्ष छ।

रास्वपाले असोज २ गतेदेखि पार्टीका सबै गतिविधि नियमितरूपमा सुचारु गर्ने र विभागीय स्तरमा आफ्ना नीति, कार्यक्रम र संकल्पहरू तयार गर्न निर्देशन दिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले आजको बैठकपछि जारी विज्ञप्तिमार्फत उक्त निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ४२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र