आज विश्व खाद्य दिवस मनाइदै « Khabarhub

आज विश्व खाद्य दिवस मनाइदै


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन बिहीबार ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ ।

कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो ।

यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ । समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

विभागका महानिर्देशक सञ्जेलले खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशन तथा प्रसारण गरेर दिवश मनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

भोकमरीपीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यलाई प्रवर्द्धन गर्न दिवसले सहयोग पु¥याउने उहाँको विश्वास छ ।

दिवशका अवसरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थासँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन तथा अन्य विभिन्न कार्यक्रम गरिने छ ।

विभागले प्रत्येक वर्ष अक्टोबर १६ मा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरेको छ ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाउँदै आइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : २७ बजे

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण

आजका समाचार : राप्रपाको घोषणापत्र सार्वजनिक, देश जलाउने-कुशासन गर्नेहरु हार्ने प्रचण्डको दाबी र युक्रेनमा रुसी आक्रमण जारी

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’नेपाल कम्युनिष्ट

एकै परिवारका ४ जनाले गरे रक्तदान

काठमाडौं- ११ औँ राष्ट्रिय रक्तदाता दिवसको अवसरमा रक्तदाता संघ नेपाल,

कोराबाट एमाले उम्मेदवार ढकाल भन्छन्, ‘म यता भए पनि मन तपाईँहरुसँगै छ’

विराटनगर- नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का

टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तानसेन– तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा