बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित | Khabarhub Khabarhub

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ।सुत्केरीको स्वास्थ्यमा १४ वर्षदेखि निरन्तर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम स्थगन गरिएको अस्पतालले औपचारिक रुपमा घोषणा गरेको छ।

सङ्घीय सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन नगरेका कारण चालु आर्थिक वर्ष २०८२/२०८३ बाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नसकिने ब्यहोराको पत्र बनेपा नगरपालिका कार्यालयले अस्पताललाई पठाएपछि अस्पतालले आउँदो कात्तिक १ गतेदेखि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो।

अस्पतालले पत्रकार सम्मेलनमार्फत गराएको जानकारीअनुसार विसं २०६८ मा नगर कार्यालय र अस्पतालबीच द्विपक्षीय सम्झौता भई सङ्घीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।

नगरले यही असोज २७ गते अस्पताललाई पत्र लेख्दै आउँदो कात्तिक १ गते देखि उक्त कार्यक्रम स्थगित गर्न अनुरोधक पत्राचार गरेको थियो।उक्त कार्यक्रममार्फत सुत्केरी हुने महिलाका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, बिरामीको तर्फबाट २० प्रतिशत र सङ्घीय सरकारको तर्फबाट ३२ प्रतिशत खर्च ब्यहोर्ने सहमतिअनुसार सुत्केरी हुँदाका बेला उपचारमा भएको खर्चमा सङ्घीय सरकारले अस्पतालका लागि शल्यक्रिया गर्नुपरेमा रु १० हजार र सामान्य अवस्थामा रु दुई हजार ५०० उपलब्ध गराउँदै आएको थियो।यस्तै बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्न रु २५ देखि २९ हजार र सामान्य अवस्थामा रु तीन हजार ६०० देखि रु चार हजारसम्म खर्च हुँदै आएको थियो।

अस्पतालले आमा सुरक्षा कार्यक्रम स्थगित गरे पनि ल्याब टेस्ट, युएसजी र एक्सरेबाहेकका अन्य सेवामा दिइरहेको ५० प्रतिशत छुट (जनरल वार्डमा सेवा प्राप्त गर्नेहरुका लागि मात्र) र औषधिमा पाँच प्रतिशत छुट भने अस्पतालको तर्फबाट उपलब्ध गराउँदै आएको अस्पतालको मेडिकल डाइरेक्टर डा एन्जिला बस्नेतले जानकारी दिइन्।उनका अनुसार रकम तिर्न नसक्ने सुत्केरी हुँदा र भएपछि घर फर्कने खर्च भने अस्पतालको च्यारिटी फन्डबाट सेवा उपलब्ध गराइने छ।अस्पतालका अनुसार आमा सुरक्षा कार्यक्रम सञ्चालन भएको गत आवमा मात्रै रु एक करोड ४० लाख च्यारिटीबाट उपलब्ध गराइएको थियो।

चौध वर्षको अवधिमा उक्त कार्यक्रममार्फत २८ हजार महिलालाई सुत्केरी सेवा प्रदान गरिएको अस्पतालको तथ्याङ्कले देखाएको छ।विसं २०१६ मा स्थापित अस्पतालले सुत्केरी महिलाको स्वास्थ्य सेवालाई सहज र सरल बनाउने उद्देश्यले ५० प्रतिशत अनुदान अस्पताल स्वंयले ब्यहोर्ने गरी ‘शिर मदर केयर प्रोगाम’ सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ९ : १८ बजे

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छ : प्रचण्ड

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीहरूकै एमाले बैठकमा मागियो राजीनामा

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

गण्डकी– जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

गुल्मी– गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरूको