अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’ « Khabarhub

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित भएका छन्। लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा सम्पन्न भएको ‘नेपाल एजुकेशन अवार्ड युके २०२५’ समारोहमा अधिकारलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको हो।

कलेज रिडर्स पत्रिकाद्वारा आयोजित समारोहमा साउथ वेस्टर्न स्कुलका प्रिन्सिपल डा. रमेश अधिकारीलाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले अवार्ड प्रदान गर्नुभएको हो।

कार्यक्रममा यूनिभर्सिटीका उपकुलपति प्रोफेसर जेन ह्यारिंगटनसँगै विभिन्न नेपाली विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीको उपस्थिति थियो।

नेपालमा शैक्षिक उन्नयनमा योगदान पुर्‍याएको भन्दै डा अधिकारीलाई उक्त सम्मान प्रदान गरिएको निर्णायक मण्डल (जुरी) का प्रमुख मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले जानकारी दिए।

समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले यो अवार्ड नेपाल–बेलायत साझेदारी र साझा मूल्यको उत्सव भएको बताएका छन्।

ग्रिनविच विश्वविद्यालय १८९० मा ग्रिनविच पोलिटेक्निकका रूपमा स्थापना भएको एक सार्वजनिक संस्था हो, जसमा हाल १२५ भन्दा बढी देशका करिब २५ सय विद्यार्थी अध्ययनरत छन्।

समारोहमा कलेज रिडर्स पत्रिकाका कार्यकारी सम्पादक केशव नेपालले युकेको शैक्षिक परम्परा र सयौं वर्ष पुरानो सभ्यताबाट नेपालले सिक्न सक्ने कुरा थुप्रै रहेको बताए।

युनिभर्सिटी अफ ग्रिनिचकी कार्यकारी निर्देशक क्लेयर म्याथ्यूजले नेपालका शैक्षिक संस्थासँग दीर्घकालीन साझेदारीका लागि आफ्नो विश्वविद्यालय उत्सुक रहेको बताएका छन्।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ९ : ५४ बजे

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

एजेन्सी– चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौं– काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी

‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’

काठमाडौं– नेपाल एपीएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै