राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग « Khabarhub

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले घोषणा गरे बमोजिम फागुन २१ गतेको चुनावको तयारीमा लागेको आयोगले आज राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

आयोगले बिहीबार बिहान ११ः३० बजे कार्यालयमा छलफलका लागि विघटित प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएका सबै दलका प्रतिनिधिलाई छलफल र राय परामर्शका लागि बोलाइएको छ ।

आयोगमा १२२ वटा दल दर्ता भएका छन् । आयोगले नयाँ दल दर्ताका लागि आह्वानसमेत गरेको छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने प्रावधान रहेको छ ।

आयोगले दल दर्ता प्रक्रिया र चुनावको वातावरण बनाउन छलफलका लागि दल र दलका प्रनिनिधिलाई बोलाएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १० : २९ बजे

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा