ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा « Khabarhub

ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह जिल्ला झापाका नेता रविन कोइरालाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा कोइरालाले ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने भन्दै राजीनामा मागेका हुन् । ओली झापा दमकका हुन् भने कोइराला बाहुनडाँगीका हुन् ।

केन्द्रीय कमिटीका एक नेताका अनुसार उनले दोस्रो दिनको बैठकमा ओलीको राजीनामा मागेका हुन् ।
‘अध्यक्ष कमरेड तपाईंले बिदा लिएर अब पार्टीको अभिभावक भएर बस्नुहोस् । महाधिवेशनसम्म एकजना संयोजक तोकेर जानुपर्छ, यसरी पार्टी अगाडि बढ्दैन’, बैठकमा नेता कोइरालाले भने, ‘नैतिक हिसाबले अध्यक्ष कमरेडले बिदा लिएको राम्रो हुन्छ। संयोजक तोकेर एघारौं महाधिवेशन गरौं ।’

कोइराला झापा एमालेमा दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ११ : ३४ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी