केन्द्रीय कमिटी बैठकमा बर्तौलाले भने- संसद् पुनर्स्थापनाको नेतृत्व एमालेले गर्नुपर्छ « Khabarhub

केन्द्रीय कमिटी बैठकमा बर्तौलाले भने- संसद् पुनर्स्थापनाको नेतृत्व एमालेले गर्नुपर्छ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले केन्द्रीय कमिटी बैठकमा एमालेको अहिले मुख्य एजेन्डा संसद् पुनर्स्थापना गर्नु रहेको बताएका छन् ।  बिहीबार उनको बोल्ने पालोमा बर्तौलाले यस्तो बताएका हुन् । 

केन्द्र कमिटीका एक नेताका अनुसार बर्तौलाले सबै राजनीतिक शक्तिहरूसँग संवाद गरेर संसद् पुनर्स्थापनाका लागि एमालेले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जिकिर गरे । 

बर्तौलाले अहिले सरकारले निर्वाचनको माहौल बनाई नरहेकाले एमाले यो बाटोमा जानुपर्ने तर्क गरेका थिए । 

‘यदि हामी यसरी अगाडी बढ्न सकेमा जेन-जी युवा पुस्ताको भावना, आकाङ्क्षा र चाहना पुरा गर्न र मुलुकका विद्यमान चुनौतीहरू समाधान गरी राजनीतिक स्थिरता तर्फ अगाडी बढ्ने आधारहरू निर्माण गर्न सकिन्छ।’ उनले भने, ‘यसका लागि यो संविधान र व्यवस्था स्वीकार गर्ने देश भित्रका सम्पूर्ण राजनीतिक शक्तिहरू  एक ठाउँ मा उभिने वातावरण बनाउनु पर्दछ । यसमा नेकपा एमालेले नेतृत्वदायी भूमिका जरुरी छ । यसका लागी ढिलो नगरी पहल थाल्न नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले देश अलोकतान्त्रिक र असंवैधानिक मार्गबाट अगाडी बढिरहेको छ । यसलाई लोकतान्त्रिक मार्गमा ल्याउनु आजको मुख्य विषय भएको बताए ।  

बर्तौलाले भने,’अहिले मुलरुपमा निर्वाचन गराउने जिम्मेवारीमा रहेको सरकार निर्वाचन को वातावरण बनाउने तर्फ भन्दा पनि डर, भय र त्रासको आतङ्क खडा गरेर सत्तामा रहिरहन र लम्बाउन  चाहन्छ । सरकार राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेध र दलका नेताहरुलाई धम्क्याउने कार्यशैलीका साथ अगाडी बढिरहेको छ । यसले प्रस्ट रूपमा देशमा चुनाव हुने अवस्था नबनाउन सरकार आफै लागेको देखिन्छ । त्यसैले निर्वाचन पनि नहुने र देशमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पनि नहुने हो भने मुलुक अर्को भयानक सङ्कट तर्फ उन्मुख हुने निश्चित छ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ११ : ५४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको