चितवनमा फूल आयात रोक्न माग « Khabarhub

चितवनमा फूल आयात रोक्न माग


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो ।
 
एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गरे। उनका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ । 

उनले भने, ‘जिल्लामा तीन लाख माला आवश्यक पर्छ । त्यो पूर्ति यहीँको फूलले हुने भएकाले आयातित फूल र माला रोकियोस् ।’
 
ज्ञापनपत्रमा भनिएको छ, ‘बजार अनुगमन गरी स्वादेशी उत्पादनलाई प्राथमिकता दिन हामी माग गर्छौँ ।’ एसोसिएसनले प्रत्येक मालाको रु एक सय मूल्य कायम गरेको छ ।
 
सो क्रममा एसोसिएसनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाले आयातित मालामा सुतरीको धागो प्रयोग गरिने र फूलहरू क्वारेन्टाइन पास नगरी आउने बताए ।
 
प्रमुख जिल्ला अधिकारी अर्यालले आयातित फूलमाला रोक्न व्यावसायीको सक्रियता आवश्यक रहेको बताए। आयातित फूल र माला रोक्न र प्रतिबन्धित वस्तु बिक्रीवितरण गरेमा कारबाही गर्न स्थानीय प्रशासन तयार रहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : ५७ बजे

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा