कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार « Khabarhub

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षाकै रूपमा लिइने भएकाले कृषि भूमिको संरक्षण गर्नुपर्ने बताएका छन् । 

मन्त्री परियारले ४५औँ विश्व खाद्य दिवसका उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उपलब्ध भूमिको समुचित उपयोग गरी कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्ने बताए ।

भूमिको उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत नागरिकमा खाद्य सुरक्षाको अनुभूत गराउनु आजको प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै उनले यस वर्ष ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारासहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाइ र कृषि विभागको समन्वयमा ४५औँ विश्व खाद्य दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

मन्त्री परियारले विश्वव्यापी सहकार्यमा कुपोषण र भोकमरीजस्ता चुनौतीलाई सामना गर्न संयुक्त पहल र ऐक्यबद्धताका लागि विश्वव्यापी रूपमा हरेक वर्षको अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने सन्दर्भमा नेपालमा पनि २०३८ सालदेखि हरेक वर्ष विश्व खाद्य दिवस मनाउने गरिएको जनाइएको छ ।

मुलुकमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने किसान परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको सो सन्देशमा उल्लेख छ । विश्व भोकमरी सूचकांकमा गत वर्ष ६८औँ स्थानमा रहेको नेपाल यस वर्ष ७२औँ स्थानमा छ । 

सन् २०३० सम्ममा करिब ६७ करोड मानिसहरू दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको सन्देशमा जनाइएको छ ।
 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ०० बजे

युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै

किएभ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा

विगतका शासक दलकै असफलताले वर्तमान संकटमा : उपेन्द्र यादव

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा

१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख मतपत्र छपाइ

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि