कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार « Khabarhub

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षाकै रूपमा लिइने भएकाले कृषि भूमिको संरक्षण गर्नुपर्ने बताएका छन् । 

मन्त्री परियारले ४५औँ विश्व खाद्य दिवसका उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उपलब्ध भूमिको समुचित उपयोग गरी कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्ने बताए ।

भूमिको उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत नागरिकमा खाद्य सुरक्षाको अनुभूत गराउनु आजको प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै उनले यस वर्ष ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारासहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाइ र कृषि विभागको समन्वयमा ४५औँ विश्व खाद्य दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

मन्त्री परियारले विश्वव्यापी सहकार्यमा कुपोषण र भोकमरीजस्ता चुनौतीलाई सामना गर्न संयुक्त पहल र ऐक्यबद्धताका लागि विश्वव्यापी रूपमा हरेक वर्षको अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने सन्दर्भमा नेपालमा पनि २०३८ सालदेखि हरेक वर्ष विश्व खाद्य दिवस मनाउने गरिएको जनाइएको छ ।

मुलुकमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने किसान परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको सो सन्देशमा उल्लेख छ । विश्व भोकमरी सूचकांकमा गत वर्ष ६८औँ स्थानमा रहेको नेपाल यस वर्ष ७२औँ स्थानमा छ । 

सन् २०३० सम्ममा करिब ६७ करोड मानिसहरू दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको सन्देशमा जनाइएको छ ।
 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ०० बजे

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा