घाइतेको स्पष्ट पहिचान नहुँदा राहत वितरण हुन सकेन « Khabarhub

घाइतेको स्पष्ट पहिचान नहुँदा राहत वितरण हुन सकेन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– सरकारले गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका घाइतेहरूका लागि राहत रकम जिल्ला प्रशासनमा पठाएको छ । तर घाइतेको एकिन पहिचान हुन नसक्दा वितरण हुनसकेको छैन ।

हालसम्म राहत रकम वितरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए। गृहमन्त्रालयले पठाएको घाइतेको सूचीमा बागलुङ घर भएको बताइए पनि यकिन ठेगाना नखुलेको उनको भनाइ छ ।

काठमाडौँ र पोखरामा भएको प्रदर्शनमा युवाहरू घाइते भएका थिए । प्रशासनले ती युवाहरूको खोजी गरिरहेको गुरुङले जानकारी दिए।

प्रदर्शनमा घाइते युवालाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । घाइतहरूले राजधानीसहित विभिन्न सहरका अस्पतालमा उपचार गराएको भए पनि राहत रकम लिन नआएको उनको भनाइ छ । गृह मन्त्रालयले पाँच जना घाइतेका लागि जनही २० हजारका दरले जम्मा रु एक लाख पठाएको छ ।

घाइतेमध्ये अभियानकर्मीका रूपमा चिनिएका बागलुङ नगरपालिका–३ का सोम शर्मासमेत हुन्। उनको हालै ठेगाना पत्ता लागेको छ । त्यसबाहेक सङ्घर्ष भुसाल, मनोज सुनार, नारायण सत्याल र किरण थापामगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकाले राहत रकम वितरण गर्न नसकिएको जिल्ला प्रशासनले जनाएको छ । 
 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : १८ बजे

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा