बलिउडकी दिग्गज नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा निधन « Khabarhub

बलिउडकी दिग्गज नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा निधन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडकी वरिष्ठ अभिनेत्री र ख्यातिप्राप्त नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा बुधबार निधन भएको छ। भारतीय सिनेमामा उनको योगदान महत्वपूर्ण मानिन्छ । नृत्यकला र अभिनयमा असाधारण दक्षताका कारण उनीलाई बलिउडको सुनौलो युगका दिग्गज कलाकारहरू — विशेषगरी हेलेनसँग तुलना गरिन्थ्यो ।

उनको निधनको समाचार सार्वजनिक भएपछि बलिउड शोकाकुल बनेको छ । अक्षय कुमार, विन्दु दारा सिंह, चंकी पाण्डे र जसपिन्दर नारुला लगायतका कलाकारहरूले सामाजिक सञ्जालमार्फत गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उनलाई “साँचिकै सिनेमा र नृत्यकला जगतकी प्रेरणास्रोत” भनेर स्मरण गरेका छन्।

महाराष्ट्रमा सन् १९३८ मा जन्मेकी मधुमतीले १९५७ मा एक अप्रकाशित मराठी फिल्ममार्फत आफ्नो कलात्मक यात्रा सुरु गरेकी थिइन् । सानै उमेरदेखि नृत्यमा रुचि राख्ने उनी भरतनाट्यम, कथक, मणिपुरी र कथकलीजस्ता शास्त्रीय नृत्यशैलीमा पारंगत थिइन् । उनले आँखें, टावर हाउस, सिकारी र मुझे जीने दो जस्ता चर्चित फिल्महरूमा दमदार अभिनय र नृत्य प्रस्तुत गरेकी थिइन्, जसले उनलाई बलिउडको बहुमुखी प्रतिभा बनायो ।

मधुमतीको निजी जीवन पनि उतिकै चर्चित रह्यो । १९ वर्षको उमेरमा उनले वरिष्ठ नृत्यकार दीपक मनोहरसँग विवाह गरेकी थिइन् । दीपक उमेरमा धेरै ठूला थिए र पहिलेकी पत्नीको निधनपछि चार सन्तानका पिता थिए । मधुमतीकी आमा विवाहबारे असमञ्जसमा थिइन्, तर मधुमतीले आमाको इच्छाविपरीत आफ्नो प्रेम रोज्दै दीपकसँग वैवाहिक सम्बन्ध जोडिन् ।

सिनेमा र नृत्यकलामा समर्पित जीवन बिताएकी मधुमतीको निधनसँगै बलिउडले एउटा युग गुमाएको छ । उनी सधैं “कला र समर्पणको प्रतीक”का रूपमा सम्झिइरहनेछिन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : २४ बजे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै