एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ « Khabarhub

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओलीले अध्यक्ष पदबाट बिदा हुनुपर्ने दबाब नेताहरूले दिइरहेका छन् ।

बुधबारदेखि बोल्न थालेका केन्द्रीय सदस्यहरूले बिहीबार पनि ओलीलाई पद छाड्न दबाब दिएका छन् । बिहीबार बिहानदेखि सुरू दोस्रो दिनको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे खानाका लागि स्थगित गरिएको छ।

बिहीबार बोल्ने अधिकांश वक्ताहरूले ११ औँ महाधिवेशनबाट एमाले थप सुदृढ भएर अगाडि जानुपर्ने मत राखेका थिए। उनीहरूले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि फेरिएको परिस्थितिमा एमालेले पनि आफूलाई व्यापक समीक्षा र सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

केन्द्रीय कमिटी बैठकमा बोलेका केही नेताहरूले यथास्थितिमा एमाले चल्न नसक्ने निष्कर्ष सुनाए । त्यसैले तत्काल अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिएर अन्य पदाधिकारीलाई कार्यवाहक तोक्नुपर्ने कुरा पनि उनीहरूले बैठकमा उठाए ।

ओलीले छाडेपछि कुनै नेतालाई कार्यवाहक तोकेर उनैको नेतृत्वमा ११ औँ महाधिवेशन गरेर नयाँ नेतृत्व तय गर्नुपर्ने मत उनीहरूको थियो ।

अध्यक्ष ओलीले बुधबार पेश गरेको ६ पृष्ठ लामो राजनीतिक प्रस्तावमाथि धारणा राख्दै नेताहरूले अब पार्टीलाई नयाँ नेतृत्वमा लैजानुपर्ने मत बलियोसँग राखेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरू रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरी र मीना गुरुङ लगायतका नेताहरूले ओलीले अध्यक्ष पद छोड्नुपर्ने मत राखेका थिए।

कोइरालाले अध्यक्ष छोडेर आराम गर्न सुझाए । रामलाल साहले बिदा लिन सुझाव दिए। केन्द्रीय सदस्य रचना खड्काले दुई कार्यकालको व्यवस्था फेरि कार्यान्वयनमा ल्याउन आग्रहसहित ओलीले पद त्याग्नुपर्ने बताइन्।

‘परिवर्तित सन्दर्भले निर्माण गरेको चुनौती सामना गरी पार्टीलाई बलियो बनाउन विधानमा दुई कार्यकाल र उमेर हदलाई पुनव्यर्वस्था गरेर जानुपर्दछ,’ खड्काले भनिन्, ‘अन्यथा एकपटक नेतृत्वमा पुगेपछि सकुञ्जेल र बाँचुञ्जेल, पार्टी अस्थायी, व्यक्ति स्थायी जस्तो चिन्तनको विकास हुँदो रहेछ।’

उनीहरूले अहिलेको अवस्थामा एमालेकै यही नेतृत्वले चुनावसम्म जाँदा ठूलो क्षति हुने भएकाले फेर्नुको विकल्प नरहेको मत राखे । तर ओलीले बुधबारको सम्बोधनमा आफूले कुनै हालतमा नेतृत्व नछाड्ने अडानसहित ११ औँ महाधिवेशनमा पनि उठ्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ५८ बजे

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी