मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू) « Khabarhub

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ ।

कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी  ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मूल नाराका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ‌।

सोही अवसरमा कृषि क्षेत्रमा विभिन्न योगदान दिने र कृषि व्यवसाय गर्दै आएका व्यक्ति र सातौँ प्रदेशका स्थानीय निकायहरूलाई सम्मान प्रदान गरिएको छ ।

सम्मान प्राप्त गर्ने स्थानीय निकायहरू कोशी प्रदेशको लालीगुराँस नगरपालिका तेह्रथुम, मधेशी प्रदेशको बरहथवा नगरपालिका सर्लाही, बागमती प्रदेशको जिरी नगरपालिका दोलखा, गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका गोरखा, कर्णाली प्रदेशको सिमकोट गाउँपालिका हुम्ला र सुदूरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका दार्चुलालाई सम्मान प्रदान गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ५२ बजे

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

दमौली–  तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय