मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू) « Khabarhub

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ ।

कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी  ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मूल नाराका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ‌।

सोही अवसरमा कृषि क्षेत्रमा विभिन्न योगदान दिने र कृषि व्यवसाय गर्दै आएका व्यक्ति र सातौँ प्रदेशका स्थानीय निकायहरूलाई सम्मान प्रदान गरिएको छ ।

सम्मान प्राप्त गर्ने स्थानीय निकायहरू कोशी प्रदेशको लालीगुराँस नगरपालिका तेह्रथुम, मधेशी प्रदेशको बरहथवा नगरपालिका सर्लाही, बागमती प्रदेशको जिरी नगरपालिका दोलखा, गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका गोरखा, कर्णाली प्रदेशको सिमकोट गाउँपालिका हुम्ला र सुदूरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका दार्चुलालाई सम्मान प्रदान गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ५२ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०