बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा « Khabarhub

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन थालेको हो । 

नयाँबानेश्वर क्षेत्रमा रहेका साना होटल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको कामपाले जनाएको छ ।
 
काठमाडौँ महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार कानुनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमानुसार आउन निर्देशन दिइएको जनाउँदै अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने बताए । उनका अनुसार सानो लापरवाहीबाट विभिन्न रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीको कर्तव्य हो ।

प्रमुख न्यौपानेले भने, ‘महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैका लागि फाइदा हुन्छ ।’ 

कामपा खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले सशक्तीकरण, अनुगमन र नियमनलाई अहिले प्राथमिकता दिएको छ । 

उनले भने, ‘हामी बजार कस्तो र कुन अवस्था छ भनेर बुझ्दैछौँ । व्यवसायीहरू खाद्य स्वच्छता र गुणस्तरीयतामा कत्तिको सचेत हुनुहुन्छ भनेर मूल्यांकन गर्दैछौँ । राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ त्यति गर्दा पनि अटेर गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।’
 
महानगरले मापदण्डविपरीत सञ्चालन भएका व्यवसायलाई खाद्य अनुज्ञापत्रमा तोकिएका वस्तु मात्र प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन, मास्क–एप्रोन–पञ्जाजस्ता खाद्य स्वच्छता मानक पालना गर्न, फोहर व्यवस्थापनमा डस्टबिनको प्रयोग गर्न, व्यवसाय दर्ता समयमा नवीकरण गर्न र मापदण्डअनुसार व्यवसाय सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । साथै यथाशीघ्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । 

महानगरका अनुसार अनुगमनको उद्देश्य व्यवसायीलाई डर देखाउने नभई व्यवसायीलाई स्वच्छ, जिम्मेवार र कानुनअनुसार व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने हो । यति गर्दा पनि लापरवाही गरेमा कानुनअनुसार कारबाही हुने महानगरले जनाएको छ । 

व्यवसायीको सानो गल्तीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने भएकाले व्यवसायीले थप जिम्मेवार भएर कानुनअनुसार सेवालाई प्रभावकारी रूपमा प्रदान गर्नुपर्नेमा कामपाले जोड दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ४ : ३१ बजे

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे