प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठन सहमत « Khabarhub

प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठन सहमत


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अघि सारेको प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुबीच सहमति बनेको छ ।

हालै थाइल्याण्डको बैंककमा सम्पन्न बैठकमा पूर्व मन्त्री पौडेलले यस अघि संगठनको नेतृत्वसमक्ष अघि बढाएको प्रवासी कामदारको स्वास्थ्य रक्षाको ग्यारेन्टी रोजगारदाता मुलुकले लिनु पर्ने विषयमा समर्थन जुटेको हो ।

यस अघि नै पौडेलले क्षेत्रीय बैठकमा संगठनका अलावा त्यहाँका राजनीतिक नेतृत्वसमक्ष यो प्रस्तावका पक्षमा समर्थन जुटाएका थिए भने संगठनको केन्द्रीय बैठकमा आगामी महासभामा नेपालका तर्फबाट प्रस्ताव अघि बढाउन मार्ग प्रशस्त भएको थियो ।

निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले संगठनले विश्वव्यापी स्वास्थ्य पहुँचअन्तर्गत बिना कुनै आर्थिक भार प्रवासी कामदारको स्वास्थ्य रक्षाका पहुँच उपलब्ध गराउन सहमत हुनु सकारात्मक भएको बताए ।

 ‘लाखौँ श्रमिक रोजगारीका लागि विभिन्न देशमा रहेको र अर्थतन्त्रको मुख्य श्रोत नै रेमिट्यान्स भएकाले हाम्रा श्रमिकसहित सबै देशका श्रमिक नागरिकको स्वास्थ्य रक्षाका लागि नेपालले पहल थालेको हो,’ उनले भने, ‘संगठनको आगामी महासभामा नेपालको प्रस्तावका रूपमा लैजाने तयारीमा दक्षिण पूर्वी एसियाली राष्ट्रका तर्फबाट सकारात्मक प्रतिबद्धता आउनुले यो विषय अब सबैको मुद्दा बन्ने देखिएको छ ।’ यो देश र देशका सारा प्रवासी श्रमिकका लागि खुसीको क्षण भएको उल्लेख गर्दै उनले भने,‘यो नेपाली र नेपाली श्रमिक दुवैका लागि खुसीको क्षण हो ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ४ : ३७ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट