उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता « Khabarhub

उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोन्टेभेडिओ- ल्याटिन अमेरिकी मुलुक उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ ।

दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको छ । अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि त्यस सूचिमा थपिएको हो ।

सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात् प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो । करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो । यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए ।

विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शकमध्ये केहीले निर्णयपछि ‘हत्याराहरू’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो ।

“म अहिले अत्यन्त राहत र खुशी महसुस गर्दैछु”, इच्छामृत्युका समर्थक फ्लोरेन्सिया सालगुइरोले मतदानपछि एएफपीसँग भनिन् । उनले आफ्ना दिवङ्गत पिताको पीडादायी अन्तिम दिन सम्झिँदै भनिन्, “मेरो बुबा ल्यु गेहरिग रोगले असह्य पीडा भोग्दै बाँच्न बाध्य हुनुभयो, तर आफ्नो इच्छा पूरा नगरी नै जानुभयो ।”

ल्याटिन अमेरिकामा इच्छामृत्युबारे कानूनी मान्यता दिने प्रयासमा उरुग्वे अग्रणी बनेको छ । कोलम्बिया र इक्वेडरमा अदालतले कानून पारित नगरी नै इच्छामृत्युलाई अपराधमुक्त गरेको छ भने क्युबाले टर्मिनल बिरामीलाई कृत्रिम जीवन समर्थन अस्वीकार गर्ने अधिकार दिएको छ ।

उरुग्वेको सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो, जसले धार्मिक दक्षिणपन्थी समूहहरूबाट कडा विरोधको सामना गर्नुपरेको थियो । तर हालैको एक सर्वेक्षण अनुसार देशका ६० प्रतिशतभन्दा बढी नागरिकले कानूनी इच्छामृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले मात्र विरोध गरेका छन् ।

नयाँ कानूनअनुसार वयस्क उरुग्वे नागरिक वा त्यहाँका स्थायी बासिन्दा जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन् तर तिनीहरू निरन्तर पीडामा छन् भने तिनीहरूले चिकित्सकको सहयोगमा आफ्नो जीवन अन्त्य गर्न सक्नेछन् ।

दुई दशकदेखि न्युरोडिजेनेरेटिभ रोग एएलएससँग सङ्घर्ष गर्दै आएकी ७१ वर्षीया बिट्रिज गेलोसले भनिन्, “यो निर्णय अत्यन्त दयालु र मानवतावादी हो । विरोधीहरूलाई यस्तो जीवन बिताउन कस्तो हुन्छ भन्ने थाहा छैन ।”

त्यस्तै वकिल मोनिका कानेपाका छोरा पाब्लो (३९) असाध्य रोगले पूर्ण रूपमा पक्षघातले ग्रस्त छन् । उनले भावुक हुँदै भने, “पाब्लो केवल बाँचिरहेका छन्, तर त्यो जीवन होइन ।”

उरुग्वे मेडिकल एसोसिएसनले आफ्ना सदस्य चिकित्सकहरूलाई व्यक्तिगत अन्तःकरणअनुसार निर्णय गर्न स्वतन्त्रता दिने बताएको छ तर यसबारे कुनै आधिकारिक कदम चालेको छैन ।

क्याथोलिक चर्चले भने उक्त निर्णयप्रति ‘गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको उल्लेख गर्दै भनेको छ, “जीवन पवित्र हो र यसको अन्त्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।”

यससँगै उरुग्वेले मानव मर्यादाको प्रश्नमा ल्याटिन अमेरिकामा नयाँ नजीर स्थापित गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : १२ बजे

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष