झपट रावलको माग : विद्या भण्डारी र भीम रावलसहितका नेताको कारबाही फिर्ता हुनुपर्छ « Khabarhub

झपट रावलको माग : विद्या भण्डारी र भीम रावलसहितका नेताको कारबाही फिर्ता हुनुपर्छ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय र पूर्वउपाध्यक्ष डा. भीम रावलमाथिको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् ।

बुधबारदेखि ललितपुरमा जारी १० औँ केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले भण्डारी र रावलसहित सबै नेताको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।

‘विद्या भण्डारी र भीम रावल लगायत सबै नेताहरूको कारबाही फिर्ता हुनुपर्छ’, उनले भने, ‘नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज रूपमा लिनु पर्छ । गत भदौ २२ गते भन्दा अघिको र पछिको शक्ति सन्तुलन र सम्बन्धमा ब्यापक फेरबदल भएको कुरा पार्टी नेतृत्वले बुझ्नुपर्छ ।’

उनले यो बैठकमा सहभागीहरू जेन-जी आन्दोलनका क्रममा सबै भागेर लुकेको बताए । ‘हामी सबै भागेर र लुकेकाहरूको भेला हो यो, हामी यथार्थपरक बनौँ’, उनले भने, ‘देश अहिले गम्भीर संकटमा छ, संविधान मुर्छित भएको छ, लोकतन्त्र घाइते छ । कम्युनिष्ट आन्दोलन पनि बिघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मण्यताको सम्भावना टरेको छैन ।’

उनले अहिले नेपाली जनता एकातिर र एमाले अर्कोतिर हिँडिरहेको अवस्थाको पनि विस्तारमा ब्याख्या गरे । रावलले २०८१ असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ ब बुँदे सहमति कार्यान्वयन नभएकोमा पनि प्रश्न उठाए ।

‘हाम्रै नेतृत्वको सरकार बनाउनका लागि सात बुँदे सहमति भएको थियो’, उनले भने, ‘गठबन्धन सरकार बनाउनुअघि भएको उक्त ७ बुँदे काग्रेस-एमाले सम्झौता १४ महिना सम्म किन लागु भएन ?’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : २२ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी