ओलीको राजीनामा माग्नेहरूलाई पासाङ शेर्पाले दिए विदेशी एजेन्टको संज्ञा | Khabarhub Khabarhub

ओलीको राजीनामा माग्नेहरूलाई पासाङ शेर्पाले दिए विदेशी एजेन्टको संज्ञा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पाले जारी दशौं केन्द्रीय कमिटी बैठकमा पार्टीको वर्तमान नेतृत्वप्रति समर्थन जनाएका छन् ।

उनले पार्टीको दशौं केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको पनि समर्थन जनाएका हुन् ।

उले जेन-जी आन्दोलनको अवसर पारी संकटको घडीमा मूल नेतृत्वमाथि नै प्रहार गर्दै पार्टी भित्र भाँडभैलो मच्चाउन खोज्ने काम भएकोमा आपत्ति जनाए ।

‘विधान महाधिवेशनमा असहमति केही थियो कि भनेर अध्यक्षले सोध्दा सबैले ठिकछ भनेर सहमति जनाए। अनि जेन्जी आन्दोलनले आगो लगाएपछि अब केपी ओलीले नहुनु पर्छ, विदा लिनु पर्छ भन्दै हिँड्ने-यस्तो व्यवहार देखेर म दुख व्यक्त गर्छु,’ उनले भने ।

उनले केपी ओलीलाई हटाउनुपर्ने एजेन्डा विदेशी खुफिया एजेन्डा भएको सुनाए । ‘त्यो एजेन्डा कार्यान्वयन गर्ने नेपाली हस्तीहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं बनेका हुन्’, उनले भने, ‘अहिले हाम्रै केही नेताहरूले उनीहरूको एजेन्डा बोकेर हिँड्न थालेका छन्। पार्टीका महत्वपूर्ण पदमा बसेर पनि शत्रुका एजेन्डालाई मलजल गर्ने गरी नेताहरूबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भीर अपराध हो।’

ओलीले पार्टी र देशको नेतृत्व सम्हालेदेखि नै हाम्रो देश बाँच्न थालेको र स्वाधीन तथा स्वाभिमानी राष्ट्रको रूपमा अघि बढ्न थालेको जिकिर गरे ।

‘अहिले फेरि जेन-जी आन्दोलनको आवरणमा देशी–बिदेशी शक्तिहरूले हाम्रो देशलाई एम्बुसमा पारेर ध्वस्त बनाएका छन्। यो गम्भीर अवस्थामा कमरेड केपी शर्मा ओलीले नै नेतृत्व लिनु पर्ने आवश्यकताभन्दा झन् बढेको छ’, उनले भने, ‘अतः यो आवश्यकतालाई ठोस र मूर्त रूप दिन आगामी महाधिवेशनमा ओलीकै निर्विरोध नेतृत्वमा एमालेलाई अघि बढाउने प्रस्ताव लिएर जानु पर्दछ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ३१ बजे

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले ‘जेन-जी’ आन्दोलनले उठाएको

अर्थसंक्षेप : बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै, फजुल खर्च रोक्दै दोलखाका सहकारी र १८ अंकले ओ‌रालोतिर बजार

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता अख्तियार दुरुपयोग

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौं– विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेताले मागे राजीनामा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ