बुद्ध एयरका मालिकले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’ « Khabarhub

बुद्ध एयरका मालिकले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल खोलेका छन् ।

बस्नेतले खोलेको नयाँ दलको नाम गतिशील लोकतान्त्रिक पार्टीका रुपमा बिहीबार निर्वाचन आयोगमा दर्ता भएको छ ।

बस्नेत अहिले त्यस पार्टीको सदस्य छन् । यो पार्टीको अध्यक्ष दिनेश प्रसाईंलाई राखिएको छ ।

यस्तै, महासचिवमा पियुस कायस्थ छन् । पार्टीको चुनाव चिह्न ‘दीपज्योति’ मिलेको बस्नेतले जानकारी दिए ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नयाँ दल खोल्ने लहर चलेको छ । पुराना दलप्रतिको चरम वितृष्णा देखेर नयाँ दल दर्ता गर्न थालिएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ३८ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी