बैठकस्थलमा तीन घण्टा बिजुली गायब, एमालेले भन्यो- कुलमान कता हराए ? « Khabarhub

बैठकस्थलमा तीन घण्टा बिजुली गायब, एमालेले भन्यो- कुलमान कता हराए ?


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा बुधबारदेखि जारी दशौँ केन्द्रीय कमिटी बैठकस्थलत राजबाघ महल पार्टी प्यालेस क्षेत्रमा बिहीबार तीन घण्टा बिजुली गएको छ ।

करिब ४ सय जना नेताहरू सहभागी बैठकमा तीन घण्टासम्म बिजुली गएपछि एमालेभित्र खैलाबैला भएको छ।

केही एमाले नेताहरूले सरकारले त्यस क्षेत्रको बिजुली नियतवश सरकारले काटेकोसम्म भन्न भ्याएका छन् ।

दोस्रो दिनको बैठक समापनपछि बोल्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसलई लापरबाहीको संज्ञा दिँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले बैठक चलिरहँदा पार्टी प्यालेस क्षेत्रमा तीन घण्टासम्म बिजुली गएकाले नेता-कार्यकर्तालाई समस्या भएको गुनासो गरे ।

‘हाम्रो बैठक चलिरहेका बेला तीन घण्टासम्म बिजुली आएन’, उनले भने, ‘पहिले केहीबेर जाँदा खैलाबैला हुन्थ्यो । अहिले तीन घण्टासम्म गयो । खै कुलमानजी कता हुनुहुन्छ कुन्नि ?’

उनले यसमा सरकारको ध्यानाकर्षण नपुगेको या हेलचेक्र्याँइ गरिएको पनि हुन सक्ने गौतमले बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ४८ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली