भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले « Khabarhub

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बिहीबार जानकारी दिएका छन् ।

खरेलले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय बताएका छन् । तर सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई भने फिर्ता बोलाएको छैन ।

सरकारले फिर्ता बोलाएकामध्ये जापानस्थित दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका कर्मचारी हन् । उनलाई ओली सरकारमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत बनाएर पठाएकी थिइन् । अरू सबै राजदूत परराष्ट्र सेवाबाहिरका छन् ।

ती सबै देशका राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र देशमा फर्किसक्न निर्देशन दिइएको खरेलले बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।