कांग्रेस बैठक : छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड « Khabarhub

कांग्रेस बैठक : छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । 

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरूले पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने र छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन हुनुपर्ने सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए

उनले महाधिवेशन कार्यतालिकाका विषयमा बैठकमा कुनै प्रस्ताव नआएको भन्दै सदस्यको सुझावका आधारमा बैठकले उचित निर्णय लिने बताए । त्यस्तै नेताहरूले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको छानविन हुनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने, निर्वाचनको तयारीका लागि सरकारले ध्यान दिनुपर्ने लगायतका धारणा राखेको प्रवक्ता महतले बताए ।

बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाईँ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

 बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ४१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा