तनावमा देखिएकी प्रधानमन्त्री पत्रकारले प्रश्न सोध्दा झोंक्किइन्, झर्किएर जवाफ दिएको भिडियो भाइरल « Khabarhub

तनावमा देखिएकी प्रधानमन्त्री पत्रकारले प्रश्न सोध्दा झोंक्किइन्, झर्किएर जवाफ दिएको भिडियो भाइरल


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् ।

११ सदस्यीय बनाउने भनिएको मन्त्रिपरिषद्मा अहिले उनीसहित ८ जना मात्रै छन् । सरकारले गति लिन नसकेको, क्याबिनेटले पनि पूर्णता नपाएको, जेन-जीका विभिन्न समूहका अनेक माग तेर्सिएका र जनअपेक्षा उच्च रहेका बेला प्रधानमन्त्री दबाबमा देखिन्छिन् ।

त्यही दबाबको चिडचिडाहटबाट उत्पन्न आक्रोश बिहीबार पोखियो। सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई सोधिदिए, ‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद कहिले विस्तार हुन्छ ? यो प्रश्नले सरकारी गाडीमा चढ्नै लागेकी प्रधानमन्त्री कार्की रिसाइन् । रिसाइनन् मात्रै उनले झोँक्किएर पत्रकारलाई जवाफ दिइन् । झोंक्किदै उनले पत्रकारलाई जवाफ दिइन्, ‘भएको भयै छ नि !’

यसअघि गत साता मात्रै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन चारजना युवाहरूको अघि सारेकी थिइन् । तर मन्त्रीमा सिफारिस युवाहरूको नाममा विवाद भयो । कोही तिब्बती शरणार्थीका रुपमा जोडिए, कोहीलाई अमेरिकी पक्ष भनेर विरोध गरियो ।

उनीहरूको शपथ यही सोमबार गराउने तयारी थियो । तर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तार गर्नबाट पछि हटेकी थिइन् । अनेक दबाबमा देखिएकी प्रधानमन्त्रीले त्यही कुरा बिहीबार सिंहदबारमा प्रकट गरेकी छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ५२ बजे

वेस्ट इन्डिजसँगको तयारीमा नेपाल (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा

काठमाडौं– प्रणय दिवसका अवसरमा शनिबार अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका बेला

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

एजेन्सी– प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन– सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति

प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण

रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन