मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु « Khabarhub

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका– ५ र भीमफेदी गाउँपालिका– १ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा– २ चौकी टोलका वीरबहादुर गुरुङ र पूर्वी नवलपरासी कावासोती नगरपालिका– १३ का चन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल आज बिहान बुङ्दलखोलाबाट ५० फिट तल खसेको थियो ।

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ११ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा