एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस  | Khabarhub Khabarhub

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस 


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले यही सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’ लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरू ल्याएको जनाएको छ । 

एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरूले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरूप निःशुल्क पाउने छन् ।

एनपीएल फ्यान प्याकहरू शनिबार (कार्तिक २९)बाट लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ । अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् ।  

बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुने कम्पनीले जनाएको छ ।

एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौँ,’ एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ, र हाम्रो एनपीएलमा सहकार्य र यो अफरमार्फत हामी सबैलाई अझ नजिक ल्याउन ल्याउँदै हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौँ ।’  

कम्पनीका अनुसार एनपीएल फ्यान प्याकमा ९९ रुपैयाँमा अनलिमिटेड डेटा, २०० रुपैयाँमा कम्बो, २००  रुपैयाँमा कम्बो रिन्यूवल, सधैँ अन ३९९, सधैँ अन ३९९ रिन्यूवल, ५९९ रुपैयाँमा होम एन्ड अवे, ५९९ रुपैयाँमा होम एन्ड अवे रिन्यूअल, ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल, ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल रिन्यूवल, २९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल र २९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याकहरू रहेका छन् ।

यी सबै प्याकले प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रूपमा सुनिश्चित गर्छन् । जस्तै, ९९ रुपैयाँमा अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन् । 

सधैँ अन ३९९ र सधैँ अन ३९९ रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ । त्यस्तै,  ५९९ रुपैयाँमा होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ भने २९९ रुपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरूले १ जीबी डेटा बोनस पाउँछे छन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा १ दिनको रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ३६ बजे

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी

जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति

एनपीएलको दोस्रो संस्करण सोमबारदेखि, पहिलो खेलमा काठमाडौं र जनकपुर भिड्ने

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट

घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस