दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी « Khabarhub

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । यहाँको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो ।

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेको १७ वर्ष पुगिसक्यो । उनले भने, ‘सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय गर्न थालेको हुँ । यसमा घरपरिवारको पनि साथ र सहयोग छ ।’ उमेरले ५८ वर्ष पुगेका घर्तीले घोराही उपमहानगरपालिका–१३ स्थित डुम्बरगाउँमा व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन् ।

अहिले घर्तीको मौरीफार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले यस व्यवसायबाट राम्रो आम्दानी पनि गर्दै आएका छन् । उनले वर्षमा सात टन मह उत्पादन गर्दै आएको बताए ।

मौरीपालन व्यवसायबाट वार्षिक १६ लाखको कारोबार गरिरहेका घर्तीले सात लाख बचत गर्ने गरेको बताए । एक किलोलाई पाँच सयका दरले बिक्री गर्दै आएको उनले बताए । उनीजस्तै उमेरले ६० वर्ष पुग्नुभएका दीपकुमार मगरको दैनिकी पनि विगत दुई दशकदेखि मौरीपालन र मौरीको हेरचाहमै बित्ने गरेको छ । जसबाट आम्दानी पनि राम्रो हुँदै गएको उनको भनाइ छ । जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर विगत २६ वर्षदेखि यही व्यवसायमा छन् ।

मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताए । मैले व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २६ वर्ष भयो । लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहको छ । यसमा घरपरिवारको पनि सहयोग छ ।

उनले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायतका जिल्लामा समेत आधुनिक प्रकारका सामग्री पठाउने गरेका छन् ।

मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने एक सय मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए । घर्तीले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको बताए ।

यस्तै घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पतीले मह बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । विगत डेढ दशकदेखि मौरीपालनमा संलग्न डाँगी दम्पतीले घोराही–१८ गिठेपानीमै एक सय पाँच घार बढी माहुरी पालेर वार्षिक रूपमा करिब १३ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या पाँच सय बढी छ । (रासस)

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ३४ बजे

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

एजेन्सी – पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला